मेडिकल काउन्सिलले क्षेत्राधिकार मिचेको भन्ने स्पार्कद्धारा दायर रिट खारेज

काठमाडौं, १७ असार । उच्च अदालत पाटनले आधुनिक चिकित्सा (एलोपेथिक) सम्वन्धी नियमन गर्ने अधिकार नेपाल मेडिकल काउन्सिलसंग रहेको कानूनी अधिकारलाई सदर गर्दै स्काई हेल्थ इन्टरनेशनल रोसोर्ट प्रालिद्धारा दायर रिट खारेज गरेको छ ।
गत जेठको पहिलो साता काउन्सिलको टोली चन्द्रागिरी ८ मा रहेको स्पार्क हेल्थ इन्टरनेशनल रिसोर्टको अनुगमन गर्न गएपछि क्षेत्राधिकार नाघेको नाघेर आफ्नो अनुगमन गर्न आएको भन्दै स्पार्क स्पार्कको तर्फबाट स्काइ हेल्थ इन्टरनेशनल रोसोर्ट प्रालिले ५ जेठमा उच्च अदातल पाटनमा रिट दायर गरेको थियो ।
बुधबार अदालतका न्यायाधीशद्धय राजुकुमार खतिवडा र प्रकाश ढुंगानाको संयुक्त इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो ।
काउन्सिलका रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले स्पार्क हेल्थ इन्टरनेशनल रिसोर्टमा अनाधिकृत रुपमा आधुनिक उपचार भइरहेको भन्ने उजुरी परेपछि स्थलगत अनुगमनमा पुगेको र त्यहाँ उजुरी अनुसार नै कैफियत देखिएपछि कार्वाहीका लागि सिफारिस गर्न स्थानीय सरकारलाई पत्राचार गरेको भन्दै त्यसपछि मेडिकल काउन्सिलले क्षेत्राधिकार नाघेको भन्दै स्पार्कको टिम अदालत गएको बताए ।
‘यो बिचाराधिन मुद्धा थियो, हामीले यसबारेमा केही भनेका थिएनौँ । तर अब रिट खारेज भयो । आधुनिक चिकित्सा विधाका उपचार गर्न पाउने नपाउने ? कहाँ गर्न पाउने नपाउने भन्ने अनुगमन गर्ने अधिकार हाम्रो हो भन्ने अदालतले थप प्रष्ट पारिदिएको छ,’ उनले भने ।
उनले नेचुरोपेथीलगायत वैकल्पिक चिकित्सा प्रणालीमा दर्ता भएका स्वास्थ्यकर्मी वा संस्थाले आधुनिक चिकित्सा सेवा, निदान वा उपचारसम्बन्धी क्षेत्रमा हस्तक्षेप गर्न नपाउने फैसलाले पुष्टि गरेको बताए ।
यसअघि काउन्सिलले गरेको उजुरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले रिसोर्टमा कार्यरत डा चेतना पौडेललाई गैरकानूनी रुपमा आधुनिक चिकित्सा अभ्यासमा क्रियाशिल भएको भन्दै पक्राउ गरेको थियो । यद्धपी उनलाई अदालत साधारण तारिखमा रिहा गरिसकेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

