स्वास्थ्यको कानून हेर्ने अधिकृत फेरिए

काठमाडौँ , १६ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानून हेर्ने उपसचिव फेरिएका छन् । मन्त्रालयमा झण्डै अढाई वर्ष कार्यरत उपसचिव गोपीकृष्ण रेग्मीको शिक्षा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ ।
अहिले स्वास्थ्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरुवा भई आएका उपसचिव राजेन्द्र लम्सालले जिम्मेवारी सम्हालेका छन् ।
कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले असारको पहिलो साता नै उपसचिवहरुको सरुवा गरेको हो । लम्सालले ४ असार देखि नै स्वास्थ्यमा हाजिर भएका थिए । रेग्मी भने ८ असारमा स्वास्थ्यबाट विदा भई शिक्षामा गएका हुन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानून हेर्ने उपसचिव स्वास्थ्य कर कोष सचिवालयको समेत सदस्य सचिव रहने व्यवस्था छ । सो कोषले प्रत्येक वर्ष ४० करोड बढी रकमको वितरण गर्ने अधिकार राख्दछ । तर पछिल्ला वर्षमा सो कोष यति निस्कृय रह्यो कि पदाधिकारी परिवर्तन भएको झण्डै एक वर्ष नाघि सक्दा समेत वेवसाइट अपडेट भएको छैन ।
यसवर्ष कुनै पनि गतिविधि नगरेको कोषले नयाँ सदस्य सचिव आईसकेपछि के गर्छ त्यो भने हेर्न बाँकी छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

