बागमती स्वास्थ्यमा सरुवा:

जनस्वास्थ्य कार्यालय काठमाडौँको प्रमुखमा सागर घिमिरे, डा. बसन्त अधिकारी स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा

276
Shares

काठमाडौँ, १५ असार । जनस्वास्थ्य कार्यालय काठमाडौँको प्रमुख फेरिएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य कार्यालय काठमाडौँको प्रमुखमा सागर घिमिरेलाई जिम्मेवारी तोकेको छ । उनी भर्खरै एघारौं तहमा बढुवा भएका अधिकृत हुन् ।

जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख रहेका डा बसन्त अधिकारीलाई भने स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र बागमती प्रदेश हेटौंडा पठाइएको छ । यसअघि त्यहाँ निर्देशक रहेका डा अर्जुनप्रसाद सापकोटा उमेर हदका कारण अवकाशमा गएपछि निमित्त निर्देशकको रुपमा सागर घिमिरे थिए ।

डा अधिकारीले आफूले आजै काठमाडौँबाट रमाना लिई निस्किन लागेको र भोली देखि नै नयाँ प्रमुखको रुपमा घिमिरेले जिम्मेवारी सम्हाल्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *