रोटरी क्लव अफ काष्टमण्डपको नेतृत्वमा आए औषधी उत्पादक शैलेश वैद्य

76
Shares

काठमाडौँ, १४ असार । रोटरी क्लव अफ काष्टमण्डप नेतृत्वमा औषधी उत्पादक एवं व्यवसायी शैलेश वैद्य आएका छन् । शनिबार काठमाडौँमा आयोजित रजत ईन्स्टलेशन समारोहमा नव नियुक्त अध्यक्ष वैद्यले (२०२६ – २०२७) को जिम्मेवारी सम्हालेका हुन् ।

उनलाई डिस्ट्रिक्ट गर्भनर (२०२६-२०२७) विष्णुबहादुर कार्कीले पद तथा गोपनीयताको सपथ गराएका थिए । यो संगै उनी रोटरी क्लव अफ काष्टमण्डपको २५ औँ प्रेसिडेन्ट बनेका छन् ।

यसअघि रोटरी क्लव अफ काष्टमण्डपको नेतृत्वमा बरिष्ठ चिकित्सक डा. मनोहरलाल श्रेष्ठ थिए ।

जिम्मेवारी सम्हालेपछि सञ्चारकर्मीसंग कुरा गर्दै वैद्यले स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाउने बताए ।

‘दन्त शिविर,आँखा शिविर मात्रै होइन पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने कार्यक्रम पनि मेरो प्राथमिकतामा रहेको छ,’  वैद्यले अगाडी थपे, ‘हस्पिस नेपालसंग पनि हामीले नजिक रहेर काम गर्नेछौँ ।’

रोटरी क्लव अफ काष्टमण्डप आज भन्दा २५ वर्ष अघि स्थपित क्लव हो । यसका चार्टर प्रेसिडेन्ट गजेन्दबहादुर श्रेष्ठ हुन् ।

संस्थाको रजत महोत्वस मनाउन रोटरीले पाष्ट प्रेसिडेन्ट प्रदीपकुमार श्रेष्ठ (पञ्चकन्या ग्रुप) को संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको थियो ।

यता क्यान्सरको औषधी उत्पादन गर्ने नेपालकै पहिलो फर्मास्युटिकल कम्पनी टिजिग फर्माका कार्यकारी निर्देशक समेत रहेका नव नियुक्त अध्यक्ष वैद्यले आफ्नो कार्यकालमा गरीव तथा विपन्न बिरामीलाई ५ लाख बराबरको औषधी छुट तथा निशुल्क रुपमा उपलव्ध गराउने घोषणा गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *