त्रिवि शिक्षण अस्पतालमा भयो २६ औँ कलेजो प्रत्यारोपण

24
Shares

काठमाडौँ, १४ असार । दुई साता अघि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण गराएका एक जना बिरामी स्वास्थ्य लाभ पछि आज अस्पतालबाट डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुने एक ६४ वर्षीय पुरुष बिरामी हुन् ।

लिभर सिरोसिस समस्यामा परेर प्रत्यारोपण गर्नु पर्ने अवस्थामा पुगेका उनलाई आफ्नै २८ वर्षीय छोराले कलेजो दान गरेको प्रत्यारोपण टोलीको नेतृत्व गरेका चिकित्सक प्राडा रमेशसिंह भण्डारीले बताए ।

त्यसो त त्रिवि शिक्षण अस्पतालले कलेजोको १० वटा प्रत्यारोपणका लागि बाहिरबाट विज्ञ झिकाइ गरेको थियो । तर त्यसपछिका १६ वटा भने आफै गरिरहेको डा भण्डारीले बताए ।

‘अहिले २६ औँ प्रत्यारोपणमा हामी छौँ । १० वटासम्म हामीले बाहिरबाट विशेषज्ञ बोलाइ सहयोग लिए पनि त्यसपछिका प्रत्यारोपण हामी आफैले गर्दै आएका छौँ । यो हाम्रो लागि र देशका लागि समेत महत्वपूर्ण कुरा हो ‘ डा भण्डारीले भने ।

उनले कलेजो प्रत्यारोपणमा त्रिवि शिक्षण अस्पतालको टोली आत्मनिर्भर भएको समेत उल्लेख गरे ।

विदेशी चिकित्सकहरुको सहयोगमा त्रिवि शिक्षण अस्पतालमा १७ जेठ २०७६ देखि कलेजो प्रत्यारोपण सुरु भएको हो । २७ पुस २०८० देखि भने विदेशी चिकित्सकको सहयोग विना नै त्रिविका चिकित्सकहरुको टोलीले प्रत्यारोपण गर्दै आईरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *