एपोन अध्यक्ष अधिकारीलाई एफएनसीसीआईको स्वास्थ्य विज्ञान समितिको जिम्मेवारी

8
Shares

काठमाडौँ, ८ असार । नेपाल औषधी उत्पादक संघ (एपोन) का अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ ( एफएनसीसीआई)का नवनिर्वाचित सदस्य विप्लव अधिकारीले महासंघको स्वास्थ्य तथा विज्ञान समितिको सभापतिको जिम्मेवारी सम्हालेका छन् ।

उनलाई महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले स्वास्थ्य समितिको सभापतिको पदभार ग्रहण गराएका हुन् ।

त्यसपछि अवसरमा प्रतिक्रिया दिदै अधिकारीले महासंघको स्वास्थ्य तथा विज्ञान समितिको सभापतिको जिम्मेवारी ग्रहण गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको बताए ।

स्वास्थ्य तथा विज्ञान समितिको सभापतिको कार्यभार ग्रहण गरेपछि प्रतिक्रिया व्यक्त गर्दै उनले महासंघजस्तो अग्रणी निजी क्षेत्रको संस्थाअन्तर्गत रहेको महत्वपूर्ण समितिको नेतृत्व चुनौतीपूर्ण भए पनि सबै सरोकारवाला निकाय र व्यक्तित्वहरूको साथ तथा सहयोगबाट सकारात्मक परिणाम हाँसिल गर्न सकिने विश्वास व्यक्त गरे ।

उनले स्वास्थ्य तथा विज्ञान क्षेत्रसँग सम्बन्धित नीति, अनुसन्धान, उद्योग तथा सेवाको विकासमा रचनात्मक योगदान पुर्‍याउने उद्देश्यका साथ आफूले जिम्मेवारी सम्हालेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *