नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिले कार्यभार सम्हाल्यो

32
Shares

काठमाडौँ, ४ असार । नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीहरूले कार्यभार सम्हालेका छन् । बुधबार नेरेसो केन्द्रीय कार्यालयमा सोल्टीमोडमा पदभार ग्रहण गर्दै कार्यभार सम्हालेका हुन् ।

गत जेठ २६ गते मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो तदर्थ समिति विघटन गरी दोलखाका विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ तदर्थ समिति गठन गरेको थियो ।

नव गठित तदर्थ समितिको महामन्त्रीमा गोरखाका ऋषि रमण खनाल, कोषाध्यक्षमा काठमाडौंका प्रेमसागर कर्माचार्य रहेका छन् ।

सदस्यहरूमा भोजपुरका वसन्त कुमार श्रेष्ठ, दाङकी अबिस्मी न्यौपाने, तेह्रथुमका पुष्पा दास, सिन्धुपाल्चोकका प्रेम लामा, सप्तरीका मोहम्मद आयतुल्ला रहमान र कैलालीका मञ्जु साउँद बोहरा रहेका छन् ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको मिति २०८३ जेठ २९ गतेको पत्रानुसार तदर्थ समितिलाई नेपाल रेडक्रस सोसाइटीमा डिजिटल सदस्यता प्रणाली विकास गरी सो प्रणालीमा सबै सदस्यको अनिवार्य रूपमा सदस्यता दर्ता, नविकरण, अद्यावधिक गराउने व्यवस्था गर्ने जिम्मेवारी तोकिएको छ ।

यस्तै सदस्यता विस्तार गर्न सामाजिक सञ्जालसमेतका माध्यमबाट राष्ट्रिय अभियान सञ्चालन गर्ने, युवा सहभागिता र प्रतिनिधित्वलाई सुनिश्चित गर्न पहल गर्ने, हालको साङ्गठनिक संरचनालाई नेपालको संविधानको संङघीय शासकीय व्यवस्था बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहमा पुनःसंरचना गर्ने, एक व्यक्ति एक पदको नीति अनिवार्य रूपमा लागु हुने व्यवस्था गर्ने र डिजिटल अद्यावधिक सदस्यहरूबाट सोसाइटीको निर्वाचन गराउनेलगायतका जिम्मेवारी दिइएको छ ।

बुधबार केन्द्रीय कार्यालय जाँदा नव गठित तदर्थ समितिलाई नेरेसोका कर्मचारीहरूले स्वागत गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *