अतिरिक्त स्वास्थ्य सचिव डा संगिता मिश्रा सहित आठ जनाले पाए सफाई, अरु सात जना दोषी ठहर

604
Shares

थ्रीडी मेमोग्राफी मेसिन खरीद प्रकरणमा भ्रष्टाचारको आरोप खेपेकी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्रासहित आठ जनाले सफाइ पाएका छन्।

विशेष अदालतले सोमबार अन्तिम फैसला सुनाउँदै डा मिश्रसहित ८ जनालाई सफाइ दिएको हो।

त्यसरी सफाई पाउनेहरुमा डा विवेक कुमार लाल, भुवन प्रसाद काफ्ले, दिपक अधिकारी, यादव प्रसाद देवकोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकाल रहेका छन् ।

अदालतले यस प्रकरणमा उनीहरूको प्रत्यक्ष संलग्नता नदेखिएको भन्दै सफाइ दिने निर्णय गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २ कात्तिकमा डा मिश्रा सहित १५ जना विरुद्ध मेसिन खरीदमा भ्रष्टाचारको आरोप लगाउँदै विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

अख्तियारकै कारण तत्कालीन सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा स्वास्थ्य मन्त्री हुने निर्णय भइसकेर अन्तिम अवस्थामा रोकिएको थियो ।

त्यसको केही दिन पछि अख्तियारले उनीसहितको टोलीलाई विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *