काठमाडौँ महानगरले नगर अस्पताल स्थापना गर्ने

काठमाडौँ, ३१ जेठ । काठमाडौँ महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको घोषणा गरेको छ ।
आइतबार महानगरको १९औँ अधिवेशन बैठकमा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक मेयर सुनिता डंगोलले नगर अस्पताल स्थापनाको घोषणा गरेकी हुन् ।
महानगरले नगरभित्रका स्वास्थ्य सेवामा विपन्न र असहायका लागि १० प्रतिशत उपचार गर्ने कुरालाई कडाइका साथ कार्यान्वयन गर्ने पनि डंगोलले घोषणा गरिन् । बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने समेत उनले घोषणा गरिन् ।
त्यस्तै उनले उक्त कार्यक्रममार्फत ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्ने साथै ७५ वर्ष उमेर पूरा गरेका वरिष्ठ ज्येष्ठ नागरिक तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराउने बताइन् ।
काठमाडौँमा प्रदूषण नियन्त्रण कम गर्ने तथा प्लास्टिकका झोलालाई कम गर्दै जाने रणनीति बनाउने पनि उनले घोषणा गरिन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

