डा. प्रमोदको नेतृत्वमा ट्रमा सोसाइटी अफ नेपाल गठन

काठमाडौं २९ जेठ । हाडजोर्नी विशेषज्ञ डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन गरिएको छ । अर्थोपेडिक उपचार, ट्रमा म्यानेजमेन्ट र हाडजोनी सम्बन्धी उपचारमा संलग्न चिकित्सकहरुको नयाँ समितिको विहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि घोषणा गरिएको हो ।
सोसाइटीको संरक्षकमा प्राडा. रमेशप्रसाद सिंह रहेका छन् ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा डा. शैलेन्द्र के दुवाल श्रेष्ठ, उपाध्यक्ष डा. हेमन्त कुमार गुप्ता रहेका छन् ।
यसैगरी महासचिव पदमा डा. विजयन्द्र अधिकारी, कोषाध्यक्ष डा. आलोक पाण्डे, सहसचिव डा. पविन थापा, सह कोषाध्यक्ष डा. सन्जित झा रहेका छन् ।
सोसाइटीको सदस्यहरुमा डा. सरोज सिं, डा. ओमप्रकाश चौधरी, डा. राजिव झा, डा. तोयाराज भट्ट, डा. ललित चौधरी, डा. सुदिप खनाल र डा. सार्थक नेपाल रहेका छन् ।
यस्तै साइन्टिफीक कमिटिको अध्यक्षमा डा. रोहित श्रेष्ठ र सदस्यहरुमा डा. भाष्कर राज कार्की, डा. मनिष श्रेष्ठ र डा. विश्ववन्धु निरौला रहेका छन् ।
प्रदेशगत प्रतिनिधिहरुमा कोशी प्रदेशबाट डा. रुपेश जंग वेलवासे, मधेश प्रदेशबाट डा. चन्द्रभुषन यादव, वागमती प्रदेशबाट डा. मनोज कँडेल, गण्डकी प्रदेशबाट डा. झपेन्द्र पोखरेल, लुम्बिनी प्रदेशबाट डा. प्रकृृतिराज कँडेल, कर्णाली प्रदेशबाट डा. पुजन कुमार रोकाया र सुदुरपश्चिम प्रदेशबाट डा. मन्दिप पाठक चुनिएका छन् ।
यसैबीच नव नियुक्त अध्यक्ष डा लामिछानेले हाडजोर्नी सम्बन्धी सेवालाई अझ बढी सुलभ, गुणस्तरीय र सर्वसाधारणको पहुँचमा पु¥याउने उद्देश्यले ट्रमा सोसाइटी अफ नेपाल गठन गरिएको बताए । उनले नवगठित समितिमा काठमाडौं उपत्यका र बाहिरका प्राय जिल्लाका सक्रिय हाडजोर्नी चिकित्सकहरु रहेको जानकारी दिए ।
सडक दुर्घटना, कार्यस्थलका चोटपटक र अन्य विपद्का कारण ट्रमा (गम्भीर चोट) को समस्या विकराल बन्दै गइरहेको अवस्थामा नव गठित ट्रमा सोसाइटी अफ नेपालले हाडजोर्नी तथा नसा रोग विशेषजहरूका बीच अनुभव, जानकारी र नवीनतम प्रविधिको आदानप्रदानलाई तीव्रता दिने अध्यक्ष लामिछानेले बताए ।
नवगठित यस संस्थाको उद्देश्यमा गुणस्तरीय उपचार, जनचेतना अभिवृद्धि, अनुसन्धान तथा तालिम, क्षमता अभिवृद्धि र अनुसन्धान रहेको छ ।
जस अन्तर्गत ट्रमा तथा अर्थोपेडिक उपचारमा अन्तर्रााष्ट्रिय मापदण्डको प्रयोग गरी गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने, सडक सुरक्षा, प्राथमिक उपचार र हाडजोर्नी सम्बन्धी रोगहरूका बारेमा जनमानसमा व्यापक चेतना फैलाउने रहेको छ ।
यसैगरी अनुसन्धान तथा तालिमः चिकित्सा क्षेत्रका नयाँ अनुसन्धानहरुलाई प्रवद्र्धन गर्ने र यस क्षेत्रका नयाँ चिकित्सकहरुलाई विशेष तालिम प्रदान गर्ने, नेपालमै ट्रमा सर्जरीको गुणस्तर बढाउन, अनुसन्धान गर्न र दुर्गम क्षेत्रसम्म विशेषज्ञ सेवा पुर्याउने , नीति निर्माता तथा सरोकारवाला र अन्य निकायहरुसँग समन्वय र सहकार्य गर्ने रहेका छन् ।
सोसाइटीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागितामा विभिन्न कार्यशाला गोष्ठी, नयाँ सर्जनको लागि फेलोसिप कार्यक्रम, उत्कृष्ठ सर्जनहरुको लागि अवार्ड, निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन र अन्य राष्ट्रिय र अन्तराष्ट्रिय ज्ञानवर्दक कार्यक्रमहरु गर्ने योजना बनाएको अध्यक्ष डा. लामिछानेले बताए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

