भक्तपुर अस्पतालको निमित्त अस्पताल निर्देशक बने डा. त्रिभुवन

काठमाडौँ, २७ जेठ । अस्पतालको निमित्त अस्पताल निर्देशकको जिम्मेवारी डा त्रिभुवन चन्द्र झाले पाएका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले गत १६ जेठमा मन्त्रीस्तरीय निर्णय गर्दै दशौँ तहका डा झालाई भक्तपुर अस्पतालको निमित्त अस्पताल प्रमुख बनाएको हो ।

एमडीजीपी डाक्टर झा यसअघि धादिङ अस्पतालको प्रमुख थिए । सिन्धुपाल्चोकको चौतारा, काभ्रेको मेथिनकोट अस्पतालको प्रमुख भईसकेका बीचको केही समय भक्तपुर अस्पतालको निमित्त अस्पताल प्रमुख बनेका थिए ।

भुक्तपुर अस्पताल जिल्ला अस्पतालको रुपमा रहे पनि सेवा लिन आउनेहरुको भीड संघीय रिफरल हस्पिटलहरुको जस्तै छ । भक्तपुर तथा आसपास जिल्लाका नागरिकहरु यस अस्पतालमा सेवाका लागि आउने गर्दछन् ।

डा. झाले अस्पतालको प्रशासनिक तथा प्राविधिक पक्षको नेतृत्व गर्दै स्वास्थ्य सेवा प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने लक्ष्य लिएको बताए । उनले भने, ‘भक्तपुरमा यसअघि पनि काम गरेको हुँ । त्यसैले मेरालागि नयाँ ठाउँ भएन, सबैलाई साथमा लिएर काम राम्रो गर्ने हो ।’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *