बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष बन्न सात जनाको नाम प्रारम्भिक सूचीमा

काठमाडौँ, २७ जेठ । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको अध्यक्ष बन्न आवेदन दिएका आठ मध्ये सात जनाको नाम प्रारम्भिक सूचीमा अटाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार प्रारम्भिक सूचीमा पर्नेहरुमा डा अजयकुमार झा धनुषा, डा जया श्रेष्ठ चितवन, डा भावना वाग्ले चितवन रहेका छन् ।

यस्तै डा योगेन्द्रप्रसाद सिंह सर्लाही, डा लक्ष्मीनारायण सिंह महोत्तरी, डा विजयचन्द्र आचार्य चितवन र डा विश्वराम पौडेल रामेछापको पनि प्रारम्भीक सूचीमा नाम निस्किएको छ ।

मन्त्रालयले नाम निस्किएकाहरुलाई आगामी १ असार दिन अपरान्ह ५ बजे भित्र ३००० शब्दमा नबढने गरी आफ्नो सोच पत्र इमेल गर्न भनेको छ ।

यसअघि अस्पतालको अध्यक्षहरु मन्त्रीले आफ्नो पार्टी निकटका व्यक्तिहरुलाई सोझै नियुक्त गर्ने गर्दथे । जसलाई राजनीतिक नियुक्ती भनेर हलुका रुपमा लिईने गरिन्थ्यो ।

गत १५ बैशाखमा एक साताको समयावधी दिएर प्रकाशित गरिएको सूचनामा आठ जनाको आवेदन परेको थियो ।

त्यसबेला प्रकाशित सूचनामा अस्पताल ऐन, २०५३ अनुसार अध्यक्ष पदमा छनौट गर्न खोजिएको भन्दै त्यसका लागि चिकित्साशास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त गरी क्यान्सर रोगको क्षेत्रमा कम्तीमा १५ वर्ष वा समग्र स्वास्थ्य क्षेत्रमा २० वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान उल्लेख छ ।

तीन वर्षे कार्यकाल रहने उक्त पदमा यसअघि डा. विजयराज न्यौपाने कार्यरत थिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *