मन्त्रिपरिषद्को बैठकमा डीडीसीको परिकार !

24
Shares

काठमाडौँ, २६ जेठ । केही साता अघि प्रधानमन्त्री बालेन्द्र शाहले दुग्ध विकास संस्थान (डीडीसी)को चीज खाँदै गरेको फोटो सार्वजनिक गरेपछि त्यसको माग ह्वात्तै बढेको बताइएको थियो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा डीडीसीको प्रडक्टहरुले पुन: स्थान पाएको छ । मन्त्रिपरिषद्का सबै सदस्यलाई डीडीसीका उत्पादनहरु राखिएको झोला दिइएको छ ।

स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रिपरिषदको बैठकमा डीडीसीका उत्पादनहरु सहितको तस्बिर सामाजिक सञ्जालमा हाल्दै लेखेकी छन्, ‘आज डीडीसीका स्वदेशी पौष्टिक र गुणस्तरीय उत्पादनहरुको अबलोकन तथा स्वाद लिने अवसर मिल्यो । नागरिकको स्वास्थ्य सुधारका लागि अस्पताल र औषधोपचार जत्तिकै महत्वपूर्ण हाम्रो दैनिक खानपान पनि हो । उनले अगाडी भनेकी छन्, बजारका अस्वस्थकर र मिसावटयुक्त पेय पदार्थको विकल्पमा स्वदेशी दुग्धजन्य उत्पादन र पौष्टिक आहारलाई प्राथमिकता दिनु आवश्यक छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गरौँ, गुणस्तरीय र सन्तुलित खाना खाऔँ, स्वस्थ रहौँ ।’

मन्त्री मेहताले दुध, महि, दहि क्रिम लगायतका उत्पादनका प्रदर्शन गरेकी छन् ।

टाट पल्टने अवस्थामा पुगेको डीडीसीलाई जोगाउन सरकारी नेतृत्वले रणनीतिक यसरी तस्विर सार्वजनिक गर्ने गरेको अधिकांशको बुझाई छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *