११ वटा स्वास्थ्य संस्था र सम्पर्क व्यक्तिको नाम सार्वजनिक गर्दै विभागले भन्यो:

‘क्यान्सरको उपचारमा प्रयोग हुने सिस्प्लाटिन इन्जेक्सन तथा कार्वोप्लाटिन इन्जेक्सन चाहिए सम्पर्क गर्नु’

काठमाडौँ, २६ जेठ । औषधी व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने औषधीहरु सिस्प्लाटिन इन्जेक्सन तथा कार्वोप्लाटिन इन्जेक्सन लगायतको औषधीको सहज उपलव्धताका लागि स्वास्थ्य संस्था र तिनका आधिकारिक प्रतिनिधिहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

विश्व व्यापी आपूर्ति श्रृंखलामा देखिएको अवरोध तथा अन्य केही कारण केही समय देखि यी दुई इन्जेक्सनमा सहज आफूर्ति हुन सकेको छैन ।

विभागले आपूर्तिलाई सहज बनाउन भन्दै नेपाल औषधी आयातकर्ता संघ र यी औषधीहरु ल्याउने संस्थाका प्रतिनिधिसंग समन्वय गरेर समुचित वितरणका लागि ११ वटा संस्था र ती संस्थाका सम्पर्क व्यक्तिको नाम तथा नम्बरहरु सार्वजनिक गरेको हो ।

कहाँ को संग सम्पर्क गर्ने ?
विभागका अनुसार नेपालगञ्जमा म जानकी अस्पताल प्रालिमा रंजीत राजवंशीलाई ( ९८५८०४३२१०), बिर्तामोड झापामा रहेको पूर्वाञ्जल क्यान्सर अस्पतालमा मुकेम भट्टराईलाई (९८२४०१०४५६), बिराटनगरमा बिराट मेडिकल कलेज शिक्षण अस्पतालका सुरज निरौला (९७०९१५४९०६)मा सम्पर्क गर्न सकिन्छ ।

यस्तै पोखरामा बबिना फर्मा प्रालिका बीरबहादुर थापा (९८५६०२१३७५) मा सम्पर्क गर्न सकिन्छ ।

यसैगरी धरानमा पुनम फार्मेसीका युवराज बस्नेतलाई (९८०४०१४४०३)मा सम्पर्क गर्न सकिन्छ ।

यस्तै भरतपुर चितवनमा राज ड्रग प्रालिका राजिव थापालाई (९८४१३०२०४५)लाई सम्पर्क गर्न सकिन्छ ।

यस्तै पोखरामा मल्ल फार्मास्युटिकल्स प्रालिका रुद्र मल्ललाई (९८५६०२०११७) सम्पर्क गर्न सकिन्छ ।

यता काठमाडौँमा ताज नेपाल प्रालिका तारिक राना (९८५१००३४९६)लाई सम्पर्क गरेर औषधी प्राप्त गर्न सकिन्छ ।

यस्तै काठमाडौँमा औषधी उपलव्ध हुने स्वास्थ्य संस्थाहरुमा डीकेएम फर्मास्युटिकल्स प्रालिका सुरज कुमार टिबडेवाल (९८५१०३५८७८), सिजल फर्माका अञ्जन पुडासैनी (९८०२०१७८५८) र अनमोल हेल्थ केयर प्रालिका मोहम्मद कमाल उज्जामा (९८०१२४३९२३)लाई पनि सम्पर्क गरेर औषधी प्राप्त गर्न सकिने बताइएको छ ।

विभागले सम्वन्धित संस्थाहरुलाई ती औषधीहरको मौज्दात तथा वितरणको स्पष्ट अभिलेख राख्न समेत अनुरोध गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *