गृहमन्त्री गुरुङ र विज्ञान प्रविधि मन्त्री पुनले लिए शपथ

काठमाडौँ, २६ जेठ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको सिफारिसका आधारमा गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले शपथ लिएका छन् ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा नवनियुक्त दुई मन्त्री गुरुङ र पुनलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्।
यसअघि सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
सरकारले उनीमाथि छानविन गर्न एउटा समिति बनाएको थियो । छानविन समितिले क्लीन चिट दिएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई पुन: गृहमन्त्रीमा नियुक्त गरेका हुन् ।

त्यसैगरी सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्री भएका पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिईएको हो ।
गुरुङ रास्वपाका प्रतिनिधिसभा सदस्य हुन् भने पुन स्वतन्त्र प्रतिनिधिसभा सदस्य हुन् ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

