गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै

काठमाडौँ, २६ जेठ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् ।
उनको पद तथा गोपनीयताको शपथ आजै दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।
यसअघि सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
सरकारले उनीमाथि छानविन गर्न एउटा समिति बनाएको थियो । छानविन समितिले क्लीन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



