शैय्या बढाई शुल्क नतिर्ने ११ वटा निजी मेडिकल कलेज तथा अस्पतालबाट १ करोड ७८ लाख बढी असुल्दै स्वास्थ्य मन्त्रालय

32
Shares

काठमाडौँ, २६ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत संख्या भन्दा बढी संख्यामा शैय्या सञ्चालन गरेका ११ वटा निजी मेडिकल कलेज तथा अस्पतालहरुबाट एक करोड ७८ लाख ८४ हजार रकम असुल गर्ने निर्णय गरेको छ ।

सात वर्ष अघि अर्थात आर्थिक वर्ष २०७६ /०७७ र आर्थिक वर्ष २०७७/ ०७८ को बेरुजु फर्स्योट गर्ने क्रममा मन्त्रालयले यो रकम असुल गर्ने निर्णय गरेको हो ।

कुन अस्पतालबाट कति रकम ?

आर्थिक वर्ष २०७६/७७ को बेरुजु

  • चितवन मेकिडल कलेज – ७ लाख रुपैयाँ
  • नेपाल मेडिसिटी अस्प्ताल ललितपुर – १८ लाख रुपैयाँ
  • गण्डकी मेडिकल कलेज पोखरा – १० लाख रुपैयाँ
  • नोवेल मेडिकल कलेज बिराटनगर – २४ लाख ४४ हजार रुपैयाँ
  • नेपाल मेडिकल कलेज जोरपाटी काठमाडौँ – १० लाख रुपैयाँ

आर्थिक वर्ष २०७७/०७८ को बेरुजु

  • किष्ट मेडिकल कलेज ललितपुर – १८ लाख रुपैयाँ
  • धुलिखेल अस्पताल काभ्रे – १७ लाख रुपैयाँ
  • मणिपाल कलेज पोखरा – १८ लाख रुपैयाँ
  • काठमाडौँ मेडिकल कलेज सिनामंगल – १८ लाख रुपैयाँ
  • देवदह मेडिकल कलेज बुटवल – ८ लाख रुपैयाँ
  • युनिभर्सल मेडिकल कलेज भैरहवा – ३० लाख रुपैयाँ

मन्त्रालयले ती मेडिकल कलेज तथा अस्पतालहरुबाट स्वीकृत संख्या बढी शैय्या सञ्चालन भएको बताएको छ ।

पुरानो विषय किन अहिले ?

स्वास्थ्य क्षेत्रमा सुशासन, पारदर्शिता र कानुनी जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्यका साथ उक्त निर्णय कार्यान्वयन प्रक्रियामा अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनमा महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएका विषयहरूलाई सम्बोधन गर्दै बक्यौता रकम असुली प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्री मेहताले स्वास्थ्य सेवा क्षेत्रलाई थप व्यवस्थित, जिम्मेवार र नियमसम्मत बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै कानुन र मापदण्ड विपरीत हुने गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने स्पष्ट पारेकी छन् ।

सोही नीति अन्तर्गत पुरानो बेरुजुले देखिएको बक्यौता रकम असुल गर्न निर्देशन दिएकी हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *