परिमार्जित सुविधा थैली पुन: सच्याउने तयारीमा स्वास्थ्य बीमा बोर्ड

3.7k
Shares

काठमाडौँ, २५ जेठ । दश दिन अघि देखि कार्यान्वयनमा ल्याएको परिमार्जित सुविधा थैलीमा व्यापक गुनासो आएपछि स्वास्थ्य बीमा बोर्डले सच्याउने तयारी गरेको छ ।

गत ११ जेठमा बसेको बोर्डको बैठकको निर्णय अनुसार स्वास्थ्य बीमा बोर्डको सुविधा थैली (तेस्रो संशोधन) २०८३, मा उल्लेखित परिमार्जित दर रेट गत १६ जेठ देखि लागू भएको थियो ।

नयाँ दर रेटमा अत्यन्त न्युन भएको र नयाँ रेटमा सेवा दिन नसकिने भन्दै स्वास्थ्य सेवा प्रदायक अस्पतालहरुले गुनासो गर्न थालेपछि बोर्डले पुन: नयाँ समिति बनाएर परिमार्जित दर रेटलाई सच्याउन लागेको हो ।

बोर्डका बरिष्ठ मेडिकल सुपरीटेन्डेण्ट डा पवनकुमार साहले परिमार्जित सुविधा थैलीमा उल्लेखित केही सेवाका दर रेटका विषयमा गुनासा आएपछि त्यसको अध्ययन् गरी नयाँ दररेट कायम गर्न विज्ञहरुको नयाँ समिति गठन गर्न लागिएको बताए ।

‘दश दिन अघि देखि लागू गरिएको नयाँ दर रेटमा केही विषयमा निकै नै मर्का परेका इभिडेन्स सहितका गुनासाहरु प्राप्त भए, त्यसैले हामीले यस विषयमा पुन अध्ययन गरी आवश्यक निर्णय लिने गरी तयारीमा लागेका छौँ । सायद छिटै यस विषयमा केही निर्णय आउला,’ उनले भने ।

बोर्डका अनुसार केही औषधीहरुमा धेरै नै न्युन रेट लगाइएको छ । केही उपचार, सर्जरीमा पनि गुनासो आइरहेको छ । केही रोगका परीक्षण शुल्कमा पनि ज्यादै कम भएको भन्दै सेवा दिन नसकिने गुनासो बढेको छ ।

बोर्डले त्यहि विषयमालाई सम्वोधन गर्न खोजेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *