साउनमा हुने काउन्सिलको विशेष परीक्षाका लागि फारम खुल्यो

काठमाडौँ, २५ जेठ । नेपाल मेडिकल काउन्सिलले आगामी साउनको ७ र ८ गते सञ्चालन हुने विशेष परीक्षा (स्पेशल एक्जामिनेसन)का लागि फारम खुलाएको छ ।

काउन्सिलले आज देखि आगामी २३ असारसम्म नियमित शुल्कमा फारम भर्न सकिने जनाएको छ । विलम्ब शुल्क तिरेर त्यसपछिका थप दुई दिन फारम भर्न सकिने जनाएको छ ।

चिकित्सा विषयमा स्नातकोत्तर (विशेषज्ञता) हासिल गरेका चिकित्सकहरु यस परीक्षामा उत्तीर्ण भएपछि विशेषज्ञ चिकित्सकको दर्जा पाउने छन् ।

परीक्षा सधै जस्तै पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानमा हुने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *