क्यान्सर बिजेताहरुको अगुवाईमा मनाइयो ‘३९ औँ नेशनल क्यान्सर सर्भाइभर्स डे’

332
Shares

काठमाडौं, २४ जेठ । नेपाल क्यान्सर सभाईभर्स सोसाइटीले क्यान्सरबाट बाँचेका (क्यान्सर बिजेता) हरुको समस्या र आवश्यकता माथि सम्वोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार ‘३९ औँ नेशनल क्यान्सर सर्भाइभर्स डे’को अवसरमा काठमाडौँमा आयोजित विशेष समारोहमा सहभागीहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले क्यान्सर सर्वाइभर्सलाई लक्षित गर्दै उपचारमा थप सहुलियत, सार्वजनिक यातायातमा छुट तथा ती सुविधा प्राप्त गर्न परिचयपत्रको व्यवस्था गर्नुपर्ने लगायतका सुझाव दिएका छन्। साथै, नेपाल औषधि लिमिटेडबाट उत्पादन हुने औषधिको सूचीमा क्यान्सरसम्बन्धी औषधि पनि समावेश गर्न उनीहरुले माग गरेका छन् ।

सोसाइटीकी अध्यक्ष प्रमिता खनालले कार्यक्रममा संकलित सुझावहरू ज्ञापनपत्रमार्फत स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रीसमक्ष पेश गरिने जानकारी दिइन्। यस्तै उपाध्यक्ष पुजा कुँवर, सचिव प्रमिला केसी लगायतले क्यान्सर विजेताको समस्या त्यसमा गर्न सकिने समाधानका उपायहरुबारेमा चर्चा गरेका थिए ।

सोही अवसरमा क्यान्सरलाई पराजित गर्दै समाजमा प्रेरणादायी भूमिका निर्वाह गरिरहेका साइकल यात्री ध्रुवप्रसाद हुमागाईंलाई साहस र योगदानको कदरस्वरूप प्रशंसापत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रममा सहभागी क्यान्सर सर्वाइभर्सहरूले रोगसँगको आफ्नो संघर्षका अनुभव सुनाउँदै क्यान्सरमाथि विजय प्राप्त गर्न बलियो मानसिक शक्ति अत्यन्त आवश्यक हुने बताए।

उपचार र स्वास्थ्यलाभको क्रममा परिवारको माया, साथ र सहयोग सबैभन्दा महत्वपूर्ण आधार बन्ने उनीहरूको भनाइ थियो।

कार्यक्रममा कविता वाचन तथा सांस्कृतिक नृत्य प्रस्तुतिसमेत गरिएको थियो।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *