विदेशका मेडिकल कलेजबाट ‘पास आउट’ धेरै विद्यार्थी काउन्सिलको लाइसेन्स परीक्षामा फेल

112
Shares

काठमाडौँ, १९ जेठ । विदेशका मेडिकल तथा डेन्टल कलेजबाट अध्ययन् पुरा गरी फर्केका धेरै नेपाली विद्यार्थीहरु नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षामा फेल भएका छन् ।

काउन्सिलले गत १२ देखि १५ जेठसम्म लिएको लाइसेन्सिङ परीक्षामा बंगलादेशबाट एमबीबीएस पास गरेका ३६७ जनाले सहभागिता जनाएका थिए । त्यसमध्ये १५१ जना (४१.१४ प्रतिशत) मात्रै पास भएका छन् । २१६ जना फेल भएका छन् ।

यस्तै गत परीक्षामा चीनबाट एमबीबीएस पास गरेर फर्केका १३० जनाले परीक्षा दिएका थिए । त्यसमध्ये २० जना अर्थात (१५ प्रतिशत) मात्रै लाइसेन्स परीक्षामा पास भएका छन् । चीनबाट पढेर आएका १०९ जना फेल भएका छन् भने एक जनाको नतिजा रोक्का गरिएको छ ।

यस्तै इजिप्टबाट एमबीबीएस सकेर आएका २ जना लाइसेन्स परीक्षामा सहभागिता जनाएका थिए तर दुबै जना फेल भएका छन् । भारतबाट एमबीबीएस सकेका २६ जनामध्ये ११ जना ( ४२.३१ प्रतिशत) मात्रै पास भएका छन् ।

यस्तै काजकस्तानको दुई मध्ये एक जना फेल एक जनाको नतिजा रोक्का भएको छ ।

फिलिपिन्सबाट एमबीबीएस सकेर परीक्षामा सहभागी ४२ मध्ये १२ जना (२८.५७ प्रतिशत) मात्रै पास भएका छन् ।

युक्रेनको १ जना, रसियाबाट ३ जना सहभागी भए पनि सबै अनुत्तीर्ण भएका छन् ।

पाकिस्तानमा पढेर फर्केका भने ६ मध्ये ४ जना पास भएका छन् । साउदी अरवमा पढेका १ जना पनि पास भएका छन् ।

नेपालको मेडिकल कलेजहरुको नतिजा राम्रो
विदेशमा पढेर फर्किएकाहरुको नतिजा विग्रेको बेला नेपालकै मेडिकल कलेजहरुमा अध्ययन् सकेकाहरुको भने नतिजा तुलनात्मक रुपमा राम्रो देखिएको छ ।

यसपटक परीक्षामा नेपालमा एमबीबीएस सकेका १२५१ जनाले सहभागिता जनाएका थिए । त्यसमध्ये ९६३ जना (७६.७९ प्रतिशत उत्तीर्ण भएका छन् । यसले विदेशका कलेजहरुको भन्दा नेपालको पढाई हो भन्नलाई बल पुगेको छ ।

बीडीएसको नतिजा विशेक
काउन्सिलका अनुसार एमबीबीएसको तुलनामा बीडीएसको लाइसेन्स परीक्षाको नतिजा विदेशबाट अध्ययन गरी फर्केका नेपालीहरुको पनि राम्रै देखिएको छ ।

बंगलादेश पढेर आई लाइसेन्स परीक्षामा सहभागी भएका १५ मध्ये ९ जनाले पास गरेका छन् ।

भारतबाट पास आउट भई परीक्षामा सहभागी भएका १७ मध्ये १६ जना पास भएका छन् ।

यस्तै नेपालबाट ४०० ले परीक्षा दिएकोमा ३४३ जना पास भएका छन् । तर फिलिपिन्सबाट पास आउट एक जनाले परीक्षामा सहभागिता जनाएकोमा उनी फेल भएका छन् ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *