रोटरी क्लब अफ पाटनको १५ औँ भोकेसनल अवार्ड डा. जोशी र ढकाललाई

236
Shares

काठमाडौँ, १९ जेठ । । रोटरी क्लब अफ पाटनले विभिन्न पेशा तथा सेवामूलक क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले प्रदान गर्दै आएको १५औँ ‘भोकेसनल अवार्ड’ यस वर्ष पनि दुई जना भिन्न क्षेत्रबाट उत्कृष्ठ योगदान गरेका दुई व्यक्तिले प्राप्त गरेका छन् ।

सोमबार ललितपुरमा विशेष कार्यक्रमको आयोजना गरि रोटरीले चिकित्सा र अपाङ्गता क्षेत्रमा उल्लेखनीय योगदान दिएका दुई व्यक्तित्वलाई सम्मान गरेको हो।

रोटरीले यसवर्षको भोकेसनल अवार्डमा चिकित्सा क्षेत्रबाट डा दीक्षा जोशी र अपाङ्गता क्षेत्रबाट ऋषिराम ढकाललाई प्रदान गरेको हो ।

अवार्ड प्राप्त गर्ने डा जोशी वीर अस्पतालकी कार्डियाक सर्जन हुन् । उनी नेपालकै पहिलो कार्डियाक सर्जन रहेको बताइएको छ ।

ढकाल भने वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका बेला ठूलो दुर्घटनामा परी मेरुदण्ड गुमाएमा व्यक्ति हुन् । उनी अहिले अपाङ्गताको क्षेत्रमा हक अधिकार तथा पैरवी गर्ने व्यक्तिको रुपमा परिचित छन् ।

कार्यक्रमका प्रमुख अतिथि बनेका शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक केदारभक्त माथेमाले डा जोशी र ढकाललाई अवार्ड प्रदान गरेका थिए ।

सो अवसरमा बोल्दै प्रा माथेमाले रोटरीको यो अवार्डले व्यक्तिजीवनमा थप सेवाभाव जाग्ने विश्वास व्यक्त गरे । उनले धेरै पुरस्कृत व्यक्तिहरुले आफ्नो आफ्नो क्षेत्रमा थप योगदान गर्ने बताए ।

कार्यक्रममा रोटरी क्लव डिस्ट्रिक गर्भनर इलेक्ट विष्णु काकीले डिस्ट्रिक हरुमा रोटरी क्लव अफ पाटनको काम जहिले पनि उदाहरणीय हुने गरेको भन्दै विभिन्न क्षेत्रबाट योगदान गरेका व्यक्तिहरुलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिएकोमा खुशी व्यक्त गरे ।

डा प्रकाशराज रेग्मी र डा रोटरियन प्रिति खेम्काले मोडरेसन गरेको कार्यक्रममा रोटरीक्लव अफ पाटनका सभापति खडकसिंह विष्टको सभापतित्वमा भएको थियो ।

३३ जनाले पाईसके अवार्ड

रोटरी क्लब अफ पाटनले विगत १५ वर्षदेखि हरेक वर्ष फरक–फरक दुई विधामा उत्कृष्ट योगदान गर्ने व्यक्तित्वलाई भोकेसनल अवार्ड प्रदान गर्दै आएको छ। क्लबका अनुसार यसअघि ३१ जनाले उक्त सम्मान प्राप्त गरिसकेका थिए भने यस वर्षका दुई जना थपिएसँगै अवार्ड प्राप्त गर्नेको संख्या ३३ पुगेको छ।

समाजसेवा, पेशागत उत्कृष्टता तथा मानवहितका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको यो अवार्ड रोटरी क्लब अफ पाटनको प्रतिष्ठित सम्मानका रूपमा परिचित छ।

क्लबले सम्मानित व्यक्तित्वहरूको योगदानले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरेको डा रेग्मीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *