६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न ११३ जनाको आवेदन

काठमाडौँ, १८ जेठ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि कुल ११३ जनाको आवेदन परेको छ ।

प्रतिष्ठानका लागि उपकुलपति छनौट ताथ सिफारिस समितिको सचिवालय सिंहदरबारका अनुसार तोकिएको अवधी भित्र अनलाइनबाट सो संख्यामा आवेदन परेको हो ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि २६ जनाको आवेदन परेको छ । सबैभन्दा कम कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ११ जनाको आवेदन परेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का लागि २४ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १९ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका लागि १७ जना र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १६ जनाको आवेदन परेको हो ।

सिफारिस समितिले गत ४ जेठमा सूचना प्रकाशित गर्दै योग्यता पुगेका व्यक्तिले १० दिन भित्र अनलाइन आवेदन दिन भनेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *