चिकित्सक लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ६७ प्रतिशत उत्तीर्ण

काठमाडौँ, १५ जेठ । नेपाल मेडिकल काउन्सिलले तीन दिन अघि देखि आजसम्म लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा कुल (एमबीबीएस र बीडीएस)मा ६६.९५ प्रतिशत उत्तीर्ण भएका छन् ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा दिपेन्द्र पाण्डेका अनुसार यसपटक परीक्षामा एमबीबीएसमा कुल १ हजार ८३७ जनाले फारम भरेकोमा ७ जना परीक्षामा अनुपस्थित थिए भने ४ जनाको नतिजा वीथहेल्डमा राखिएको छ ।

एमबीबीएसमा सहभागी कुल १ हजार ८३० जना मध्ये १ हजार १६२ जना अर्थात ६३.५० प्रतिशत उत्तीर्ण भएका छन् ।

यस्तै बीडीएस तर्फ कुल ४३४ जना फारम भरेकोमा १ जना अनुस्थित थिए । कुल ४३३ जना सहभागी भएकोमा ३५३ जना अर्थात ८१.५२ प्रतिशत बीडीएस तर्फ उत्तीर्ण भएका छन् ।

परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ्ग संस्थानको हलमा कम्युटरविधिबाट सञ्चालन गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *