आज १५ जेठ : केही समय पछि आउँदैछ बजेट

40
Shares

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आज सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे दुबै संसदको संयुक्त बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लले आगामी आर्थिक वर्षको आय व्यय तथा राजश्वको विवरण (बार्षिक बजेट) प्रस्तुत गर्दैछन् ।

सो बजेट प्रस्तुत गर्नु अघि मन्त्रिपरिषद्ले बजेट पास गर्नु पर्ने हुन्छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्को बैठक अघि दिउसो साढे २  बजेबाट बसिरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार र त्यसमा पनि अर्थव्यवस्थाका विज्ञको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित डा स्वर्णिम वाग्ले अर्थ मन्त्री भएको सरकारले ल्याउने बजेटलाई निकै चासोका साथ हेरिएको छ ।

धेरैले यहि बजेटले सरकारको लोकप्रियतालाई कायम राख्ने, बढाउने वा ह्वात्तै घटाउन सक्ने टिप्पणी गरेका छन् । रास्वपा पार्टीका सांसद तथा कार्यकर्ताहरुले नै पनि बजेटमा विशेष घोषणा हुने भन्दै निकै चासो दिएका छन् ।

सिमित स्रोतकाबीच आम नागरिकको धेरै अपेक्षा भएको समयमा बजेटले कति अपेक्षा पुरा गर्ला त्यो भने अबको केही घण्टामा स्पष्ट हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *