बर्दिया अस्पतालका मेसु डा. सुभाष पाण्डेय एघारौँ तहमा बढुवा

बुटवल, १४ जेठ । बर्दिया अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. सुभाष पाण्डेय एघारौँ तहमा बढुवा भएका छन् ।
प्रदेश स्वास्थ्य सेवा मेडिकल जनरलिष्ट समूह अधिकृतस्तर एघारौँ तह, प्रमुख कन्सलटेन्ट मेडिकल जनरलिष्ट पद (एक) का लागि लिइएको लिखित तथा अन्तर्वार्ताबाट डा. पाण्डेय सबैभन्दा अगाडी देखिएपछि सिफारिस गरिएको प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले जनाएको छ ।
एमडीजीपी डाक्टर पाण्डेयले पछिल्ला केही वर्ष देखि बर्दिया अस्पताललाई प्रदेश तथा राष्ट्रिय स्तरमै उत्कृष्ठताको पहिचान बोकेको अस्पतालको रुपमा सुधार गर्दै ल्याएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



