नेपाल स्वास्थ्य प्राविधिक संघको एघारौँ महाधिवेशन आगामी असोज ९ र १० गते

28
Shares

काठमाडौँ, १४ जेठ । नेपाल स्वास्थ्य प्राविधिक संघको एघारौँ राष्ट्रिय महाधिवेशन आगामी ९ र १० असोजमा हुने भएको छ । गत १२ जेठमा बसेको एघारौँ पूर्ण बैठकले महाधिवेशनको मिति तोकेको हो ।

बैठकले सबै तहको कमिटीबाट विधान सम्मत सदस्यता नबीकरण र नयाँ सदस्यता वितरण गर्न समेत मातहतका सबै कमिटिलाई अधिकार प्रत्यायोजन गरेको महासचिव श्याम कुमार ओलीद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

नेपाल स्वास्थ्य प्राविधिक संघ विसं २०३६ साल असार १६ गते नेपाल स्वास्थ्य प्राविधिक संघ राष्ट्रिय निर्देशन ऐन २०१८ बमोजिम दर्ता भएको पेशागत संस्था हो ।

नेपाल स्वास्थ्य व्यवसायी परिषदमामा यसका अध्यक्ष पदेन सदस्य हुने व्यवस्था छ । यस्तै संघको सिफारिसको आधारमा सरकारले जनस्वास्थ्य, फिजियोथेरापी र प्याथोलोजी विषयबाट एक एक जना प्रतिनिधिलाई परिषद्को सदस्यमा मनोनित गर्ने व्यवस्था रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *