निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले दिए राजिनामा

1.2k
Shares

काठमाडौँ, १३ जेठ । मीनभवनस्थित निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पदबाट राजिनामा दिएका छन् । मंगलबार प्राडा रेग्मीले पदबाट राजिनामा दिएका हुन् ।

गत २८ फागुन २०८१ मा प्राडा रेग्मी निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनी चार वर्षका लागि अस्पतालको कार्यकारी निर्देशक नियुक्त भएपनि बदलिएको राजनीतिक परि घटनाले पदावधी बाँकी छँदै राजिनामा दिएका हुन् ।

डा. रेग्मीले राजीनामा दिएसँगै निजामती कर्मचारी अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा. रविप्रकाश शर्मालाई दिइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *