डा. गौरब साहमाथि दुर्व्यहारको घटना : कटारी अस्पतालमा भएको के हो ?

200
Shares

काठमाडौँ, १२ जेठ । कटारी अस्पतालका मेसु डा गौरब साहले मंगलबार विहान भावुक स्टाटस लेख्नु अघि नै सामाजिक सञ्जालमा उनीमाथि एक समूहले गरेको दुर्व्यहारको भिडियो सामाजिक सञ्जालमा आई सकेको थियो । डा साहले ‘कटारी छाड्दा स-सम्मान जान चाहन्थेँ, तर आज ज्यान जोगाउने गरि हिड्नु पर्‍यो’ भन्दै बाहिरिएपछि धेरैको मनमा घटना कसरी भयो भन्ने चासो समेत उठेको थियो ।

कटारी अस्पतालले भने मंगलबार दिउसो घटनाको बारेमा बोलेको छ ।

अस्पतालका निमित्त मेसुले विज्ञप्ती जारी गर्दै घटनाको विषयमा स्पष्ट पार्ने कोशिश गरेका छन् ।

उनका अनुसार ११ जेठका दिन अस्पतालमा ल्याएको एक मृत व्यक्तिलाई चिकित्सकीय परीक्षण पश्चात मृत घोषणा गरिएको थियो ।

त्यसपछि नेपाल प्रहरीको जिम्मेवारीमा पोष्ट मार्टम कक्षमा राखिएको अवस्थामा शव राख्ने फ्रिजमा प्राविधिक समस्या देखिएको विषयलाई लिएर होहल्ला गरेका हुन् ।

घटनाको जानकारी पाएपछि मेसु साहलाई खबर गरियो र उनी घटनास्थलमा पुग्दा पोष्टमार्टम कक्षबाट केही व्यक्तिहरुले उक्त शवलाई निकालेर आकस्मिक कक्षको ढोका अगाडी राखी ठूलो भिड जम्मा गराएका थिए ।

अस्पतालले भनेको छ, ‘शब जिम्मा लगाइसकेपछि शबको पूर्ण सुरक्षा प्रहरी प्रशासन मातहत हुने र अनुमति विना चलाउन नमिल्ने बारे जानकारी गराउँदा केही व्यक्तिहरुले मेसुमाथी गालीगलौच, दुव्यहार र धम्की दिएका थिए । सोही कारण डा साह ज्यानको सुरक्षाका लागि भन्दै अस्पताल परिसर छोडन बाध्य भएको हो ।’

अस्पतालले अगाडी भनेको छ यस्तो अमानवीय व्यवहारले सम्पूर्ण स्वास्थ्यकर्मीहरुको मनोवलमा गम्भीर असर पुगेको छ ।
अस्पतालले मृतकप्रति श्रद्धान्जली दिदै घटनाको दोशीमाथि आवश्यक कानूनी कार्वाहीको माग समेत गरेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *