रेजिडेन्ट चिकित्सकलाई अत्यधिक ड्युटी नगराउन नेपाल मेडिकल काउन्सिलको आग्रह

88
Shares

काठमाडौँ, ११ जेठ । नेपाल मेडिकल काउन्सिलले विभिन्न विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा शिक्षण अस्पतालहरुमा स्नातकोत्तर (एमडी/एमएस/एमडीएस) तहमा अधययनरत रेजिडेन्ट चिकित्सकहरुलाई नियमित विपरित अध्यधिक कार्यबोझ लगाइएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले आज विज्ञप्ती जारी गर्दै रेजिडेन्टहरुलाई २४ देखि ३६ घण्टा भन्दा बढीको डिउटीमा खटाउने गरेको उल्लेख गरेको छ ।

निमित्त रजिष्ट्रार डा दिपेन्द्र पाण्डेद्धारा जारी विज्ञप्तीमा २४ देखि ३६ घण्टा डिउटीमा रहँदा चिकित्सकहरु चरम शारीरिक तथा मानसिक थकानको अवस्थामा पुग्ने भन्दै यस्तो अवस्थामा उनीहरुको निर्णय क्षमतामा ह्रास भई उपचारमा प्रक्रियामा समेत अञ्जानका त्रुटि हुने सक्ने जोखिम रहने बताइएको छ ।

यस्तै काउन्सिलको कोडअफ इथिक्समा बिरामीलाई सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक स्वयंको स्वास्थ्य अनुकुल हुनुपर्ने विषय समेत सम्झाएको छ ।

काउन्सिलले २४ घण्टाको डिउटी आवरपछि अनिवार्य रुपमा विश्रामको व्यवस्था मिलाउन तथा रेजिडेन्टको मानसिक स्वास्थ्य र कार्यस्थलको बातावरणलाई सहज बनाउन आवश्यक परामर्श तथा सहयोग संयन्त्रलाई सुदृढ तुल्याउन पर्ने बताएको छ ।

उसले रेजिडेन्ट चिकित्सकहरुलाई हप्तामा नियमित ड्युटि बाहेक सामान्यत बढीमा दुई पटक मात्र २४ घण्टा डिउटी खटाउन सकिने व्यवस्था बारे समेत ध्यानाकर्षण गराएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *