नेपाल औषधी व्यवसायी संघ मधेश प्रदेशका महासचिव झा बर्खास्त

136
Shares

काठमाडौँ, १० जेठ । नेपाल औषधी व्यवसायी संघ (एनसीडीए)ले मधेश प्रदेश कार्यसमितिका महासचिव पप्पुकुमार झालाई साधारण सदस्यता समेत नरहने गरी निस्कासन गरेको जनाएको छ ।

गत १४ बैशाखमा बसेको केन्द्रीय समितिको बैठकले झाको गतिविधि संघको विधान विपरित र संस्थाको हकहित विपरित भएको भन्दै कार्वाही गर्ने निर्णय गरेको थियो ।

झाले खासगरी संस्थाको चेक बाउन्स गराई संघलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा पुराएको र त्यसले संस्थाको साख र आर्थिक कारोबारमा गम्भीर क्षति पुगेको आरोप छ ।

झाको विषयमा थप अनुसन्धान गर्न केन्द्रीय कोषाध्यक्षको संयोजकत्वमा आर्थिक जाँचबुझ उपसमिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाउने समेत निर्णय भएको उल्लेख छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *