क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधी अभाव : समुचित वितरणका लागि मियानद्धारा अध्यक्ष आचार्यको संयोजकत्वमा युनिट गठन

औषधी व्यवस्था विभागले माग्यो औषधीको मौज्दात विवरण
136
Shares

काठमाडौँ, ८ जेठ ।  नेपाल औषधी आयातकर्ता संघ (मियान) ले क्यान्सर उपचारमा प्रयोग हुने औषधीको समुचित वितरण तथा अनुगमन गर्न अध्यक्ष पवन आचार्यको नेतृत्व इकाई गठन गरेको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको आग्रह पछि संघले औषधी व्यवस्था विभागको समन्वयमा आवश्यकता अनुसार अस्पतालहरुमा उपचाररत बिरामीहरुको पहुँचमा औषधी पु¥याउने बताएको छ ।

केहीबेर अघि प्रेस विज्ञप्ती जारी गर्दै संघले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका औषधीहरु सिस्पाटिन तथा कार्वोप्लाटिन, नर्मल स्लाइन तथा डीएनएस जस्ता अत्यावश्यक औषधीहरुको अभाव रहेको उल्लेख गरेको छ ।

संघले अहिले उल्लेखित औषधीहरुको मौज्दात प्राथमिक तहमा एक हप्ताको लागि र बजारमा बढीमा दुई हप्ताको लागि मात्रै रहेको बताएको छ । उसले अत्यधिक प्रयास गर्दा तीन हप्तासम्म धान्न सक्ने बताएको छ ।

संघले लामो समय देखि उल्लेखित औषधीहरुको मूल्य समायोजन हुन नसक्दा, तथा विश्वबजारमा कच्चा पदार्थको मूल्य बृद्धि तथा पश्चिम एशियामा देखिएको द्धन्दका कारण ढुवानी, बीमा, उत्पादन तथा आपूर्ति श्रृङ्खलामा गम्भीर असर परेको उल्लेख गरेको छ ।

उसले १० औँ वर्ष देखि औषधीको मूल्य समायोजन नभएको भन्दै सरकारले आपूर्ति व्यवस्था सहज बनाउन मूल्य समायोजन तर्फ लाग्न समेत आग्रह गरेको छ ।

औषधी व्यवस्था विभागले माग्यो औषधीको मौज्दात विवरण

उता औषधी व्यवस्था विभागले अहिले देखिएको क्यान्सर विरुद्धको औषधीहरुको बजार अभावको विषयप्रति सजग रहेको भन्दै औषधीको उपलव्धता मौज्दात अवस्था र आपूर्ति व्यवस्थाको निरन्तर अनुगमन गरिरहेको बताएको छ ।

निमित्त महानिर्देशक शिवानी खड्गीले प्लाटिनम ग्रुपका क्यान्सरमा प्रयोग हुने औषधीहरु लगायतका अत्यावश्यक औषधीको सहज आपूर्तिका लागि सूचना प्रकाशित गर्दै सम्वन्धित औषधीको प्रयाप्त उपलव्धता सुनिश्चित गर्न सम्बन्धित निकाय, उत्पादक, आयातकर्ता तथा सरोकारवालासंग आवशयक समन्वय र पहल भइरहेको जनाएको छ ।

विभागले उक्त औषधीको विद्यमान मौज्दात वितरण अवस्था आयात तथा निकट भविस्यमा हुने आपूर्तिसम्वन्धी यथार्थ विवरण संकलन गरी आवश्यक समन्वय तथा व्यवस्थापनका लागि सम्वन्धित उत्पादक आयातकर्ता तथा अस्पतालहरुलाई विभागद्धारा उपलव्ध गराईएको क्युआर कोड स्क्यान गरी गुगल फर्ममा मार्फत प्रतेक दिन विहान १० देखि ११ बजेसम्ममा विवरण उपलव्ध गराउन भनेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *