शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार पदमा दरखास्त आव्हान

40
Shares

काठमाडौँ, ७ जेठ । सुदूरपश्चिमको कैलालीमा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले दरखास्त आव्हान गरेको छ ।

समितिले गत ५ जेठमा स्वीकृत शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनौट तथा सिफारिस सम्वन्धी कार्यविधि २०८३ बमोजिम इच्छुक तथा योग्य नेपाली नागरिकले दरखास्त दिन सक्ने बताएको छ ।

यी दुई पदका लागि कार्यविधिको अनुसूची १ मा उल्लेख गरिएको ढाँचामा आजको दश दिन भित्र आवेदन पेश गर्न सकिने भनेको छ ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत १९ बैशाखमा सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ु का जारी गरेका थिए ।

यो अध्यादेशले, संवत् २०८२ साल चैत १२ गतेभन्दा अगाडि सार्वजनिक निकायहरूमा नियुक्त भएका १ हजार ५९४ जना पदाधिकारीहरू स्वतः पदमुक्त भएका थिए ।

बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा जारी यो अध्यादेशले विभिन्न ११० वटा ऐनहरू परिमार्जन गर्दै एकसाथ ठूलो संख्यामा राजनीतिक नियुक्तिहरू खारेज गरेको थियो ।

यतिवेला ती रिक्त पदहरुमा धमाधम नियुक्ती प्रक्रिया अघि बढाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *