आठ वटा विश्वविद्यालयमा उपकुलपति बन्न २१८ जनाको आवेदन, सबैभन्दा बढी त्रिविमा

420
Shares

काठमाडौँ, ६ जेठ । आठ वटा विश्वविद्यालयको रिक्त उपकुलपति पदमा २१८ जनाको आवेदन परेको छ ।

विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्वन्धी एकीकृत कार्यविधि २०८३ अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयले गत २५ बैशाखमा सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो ।

सोही अनुसार यो आवेदन परेको बताइएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५० जनाले आवेदन दिएका छन् ।

यस्तै पूर्वाञ्चल विश्वविद्यालयका लागि ३८ जना, पोखरा विश्वविद्यालयका लागि पनि ३८ जना, सुदूरपश्चिम विश्वविद्यालयका लागि १९ जना, मध्यपश्चिम विश्वविद्यालयका लागि २० जनाको आवेदन परेको छ ।

यस्तै गरी लुम्बिनी वौद्य विश्वविद्यालयका लागि ११ जना, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ जना र राजर्षिजनक विश्वविद्यालयका लागि २७ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *