स्यानेटरी प्याडमा कर हटाउन सांसद यादवको माग

काठमाडौँ, ५ जेठ । प्रतिनिधिसभामा स्यानेटरी प्याडमा लगाइएको करबारे सांसद पुरुषोतम यादवले सरकारको ध्यानाकर्षण गराएका छन्।
आज मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले महिनावारी प्राकृतिक प्रक्रिया भएको उल्लेख गरे।
उनले यस्तो अवस्थामा महिलाले सुरक्षित स्यानेटरी प्याड प्रयोग गर्न पाउनु अधिकारको विषय भएको बताए।
यस्तै सरकारले एकातिर लैंगिक समानता र महिला सशक्तिकरणका ठूला कुरा गर्ने तर अर्कोतर्फ स्यानेटरी प्याडजस्तो आधारभूत स्वास्थ्य सामग्रीमा समेत कर लगाउनु विरोधाभासपूर्ण भएको टिप्पणी गरे।
सांसद यादवले चुरोट र मदिराजस्ता हानिकारक पदार्थमा कर बढाउनुपर्ने तर आवश्यक स्वास्थ्य सामग्रीमा कर हटाइनुपर्ने सुझाव पनि दिए। साथै, स्यानेटरी प्याडमाथिको कर तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन्।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



