केयुको स्कूल अफ मेडिकल साइन्सेजको डीनमा पुन: प्राडा मनोज हुमागाईं

580
Shares

काठमाडौँ, ५ जेठ । काठमाडौँ विश्वविद्यालयले अर्को व्यवस्था नभएसम्मका लागि स्कुल अफ मेडिकल साइन्सेजको रिक्त डीन पदमा रही काम गर्न प्राडा मनोज हुमागाईंलाई जिम्मेवारी तोकेको छ ।

केयुले ४ जेठमा उपकुलपतिस्तरीय निर्णय गर्दै हुमागाईँलाई डीनको जिम्मेवारी दिने निर्णय गरेको हो ।

प्राडा हुमागाईँ यसअघि केयुको स्कुल अफ मेडिकल साइन्सेजको डीन पदमै कार्यरत थिए ।

गत १९ बैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गर्दा काठमाडौँ विश्वविद्यालय ऐन, २०४८ बमोजिम नियुक्त उपकुलपतिसहित २५ जना पदमुक्त भएका थिए । त्यसमा हुमागाईँ पनि परेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *