नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देव पदमुक्त

300
Shares

काठमाडौं, २४ बैशाख । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देव पदमुक्त भएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काउन्सिलसम्बन्धी नियमावली संशोधन गर्दै उनलाई पदमुक्त गरेको हो ।

यसअघि ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी हुँदा रजिष्ट्रार डा देव जोगिएका थिए । काउन्सिलको अध्यक्ष तथा सदस्यहरु पदमुक्त हुने तर रजिष्ट्रार जोगिने भन्दै आलोचना सुरु भएको थियो ।

हुन पनि सो अध्यादेशले नेपाल मेकिडल काउन्सिल अध्यक्ष तथा सदस्यहरूलाई पदमुक्त गरेको थियो। यसैगरी नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष तथा रजिष्ट्रार समेत पदमुक्त भएका थिए ।

स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयका अनुसार काउन्सिलका रजिष्ट्रार डा देवलाई नियमावली संसोधन गरी पदमुक्त गरिएको हो ।

नेपाल मेडिकल काउन्सिल ऐन २०२० मा ‘रजिष्ट्रारलाई बर्खास्त वा सस्पेण्ड वा अरू सजाय गर्नु परेमा यो ऐन अन्तर्गत बनेको नियम बमोजिम गर्ने’ उल्लेख छ ।

नियमावली संशोधनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रजिष्ट्रार पदमा निमित्त तोक्ने तयारी अघि बढाएको स्रोतले जनाएको छ।

डा देवलाई गत १४ फागुन २०८० मा बसेको मन्त्रिपरिषद्को बैठकले रजिष्ट्रार पदमा नियुक्त गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *