नेपाल चिकित्सक संघको अध्यक्षमा डा. बद्री रिजालको जीत निश्चित

काठमाडौँ , २२ बैशाख । नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत सुरु भएको मतगणना काठमाडौँ उपत्यका बाहिर रहुन्जेल अध्यक्ष पदका उम्मेदवार डा बद्री रिजाल अर्का उम्मेदवार डा मंगल रावल भन्दा पछि पछि थिए ।
तर, जब काठमाडौँ उपत्यकामा गणना गर्ने पालो आयो मतान्तरको गियर एकाएक बदलियो ।
भोटको रफ्तार यसरी बढ्यो कि १३७ मत गणना बाँकी छँदै उनको जीत सुनिश्चित भईदियो ।
कुल खसेको ७१०२ मत मध्ये ६९६५ मत गणना सम्पन्न हुँदा डा रिजालले ३१३२ मत प्राप्त गरे । उनीसंग पछि परेका डा रावलको २८८४ मात्रै आयो ।
अब गणना हुन बाँकी १३७ मत मात्रै छ तर डा रिजालले डा रावलसंग मतान्तर २४८ बनाई सके । यस कारण अब जीत औपचारिक घोषणा हुन मात्रै बाँकी छ ।
डा रावलले आफ्नो हार स्वीकार गर्दै डा रिजाललाई शुभकामना समेत दिई सकेका छन् ।
उनले आफूले उठाएका एजेण्डाहरुमा नयाँ कमिटिले काम गर्ने विश्वास लिएको समेत उल्लेख गरेका छन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

