नेपाल चिकित्सक संघको बरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारीको जीत पक्का

अधिकांश पदाधिकारी र सदस्यहरुको पनि भैसक्यो जीत सुनिश्चित
176
Shares

काठमाडौँ, २२ बैशाख । नेपाल चिकित्सक संघको बरिष्ठ उपाध्यक्षमा डा सञ्जीव तिवारी विजयी हुने पक्का भएको छ । बरिष्ठ उपाध्यक्षका उम्मेदवार डा तिवारी र उनका निकटमत प्रतिस्पर्धी डा कीर्तिपाल सुवेदीको मतान्तर गणना हुन बाँकी मत भन्दा धेरै भएका कारण अब उनको जीत निश्चित भएको हो ।

जारी मतगणनामा अहिलेसम्म ६७१५ मत गणना भईसकेको छ । अब गणना हुन बाँकी मत २३७ हो । तर डा तिवारीले डा सुवेदीलाई ६३८ मतले पछि पारिसकेका छन् । निर्वाचत समितिले मत गणना सकिएपछि मात्रै औपचारिक रुपमा विजयी घोषणा गर्नेछ ।

यस्तै जीत पक्का भएकामा कोशी प्रदेशका उपाध्यक्ष डा रोशन खड्का, मधेश प्रदेशका डा अमित रञ्जन मिश्र, लुम्बिनी प्रदेशकी डा नन्दाकुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशका डा प्रमोद जोशी रहेका छन् । उनीहरुको निकटतम प्रतिस्पर्धीसंगको मतान्तर गणना हुन बाँकी मतभन्दा धेरै भएका कारण जीत पक्का भएको हो ।

यस्तै कोषाध्यक्षका उम्मेदवार डा संयुक्त आचार्य, सहसचिव डा हुलास अग्रवाल, सह कोषाध्यक्ष डा तेजसुसिंह मल्लको पनि जीत सुनिश्चित भएको छ ।

सदस्यहरुमा डा राकेश शाह, डा अमित झा, डा पल्पसा श्रेष्ठ पनि जीत सुनिश्चितको अवस्थामा पुगेका छन् । डा विना श्रेष्ठ, डा सुस्मित काफ्ले डा शेषराज घिमिरे अहिलेसम्म सुरक्षित छन् ।

सातौँ नम्बरमा झरेका डा अरुण उप्रेती आठौं नम्बरमा झरेका डा हिमलाल भण्डारीको यसै भन्ने अवस्था देखिदैन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *