नेपाल चिकित्सक संघको सह सचिव पदमा डा. हुलास अग्रवालको जीत पक्का

काठमाडौँ, २२ बैशाख । निकटतम प्रतिस्पर्धीसंग गणना हुन बाँकी मत भन्दा धेरैले मतान्तर बढाएका डा. हुलास अग्रवालले नेपाल चिकित्सक संघको २०८२ – २०८५ कार्यकारिणी समितिको सह-सचिव पदमा जीत पक्का गरेका छन् ।
जारी गणनामा डा अग्रवालले अहिलेसम्म २९२८ मत प्राप्त गरिसकेका छन् ।
दोस्रो स्थानमा रहेका उनका निकटतम प्रतिस्पर्धी डा रामजीवन प्रसादले अहिलेसम्म १३२९ मत ल्याएका छन् ।
उनीहरुको बीचको मतान्तर १५९९ रहेको छ । तर अब गणना हुन बाँकी भने १२३७ मत मात्रै रहेको छ ।
सबै मत डा रामजीवनको पक्षमा नै गए पनि डा अग्रवालको मत बढी आईसकेको छ ।
डा अग्रवाल यसपटकको निर्वाचनमा सबैभन्दा लोकप्रिय मतका साथ विजयी हुने उम्मेदवार बन्ने निश्चित छ । यस्तै सबैभन्दा बढी मतान्तरले विजयी हुने उम्मेदवारको ताज पनि उनैले पाउने देखिएको छ ।
डा अग्रवाल यसपटक टीम बद्रीको समूहबाट सहसचिव पदमा उठेका थिए ।
जारी मतगणनामा टीम बद्रीले अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षमा पनि मतान्तर बढाउँदै जीत तर्फ लम्कि रहेको छ ।
यस्तै उनका टिमका उपाध्यक्ष एवं संयोजकहरु कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिमका उम्मेदवार पनि जीत तर्फ उन्मुख छन् । कुल छ सदस्य पदमा पनि डा बद्रीको समूहबाट तीन जना अटाएका छन् । तर सदस्यहरुमा थोरै मतको प्रतिस्पर्धा भएका कारण केही तलमाथि हुन सक्ने देखिएको छ ।
टिम मंगलबाट अहिलेसम्म उपाध्यक्ष एवं गण्डकी र कर्णालीका संयोजक अग्रस्थानमा देखिएका छन् । सोही समूहबाट सदस्यमा उठेका अरु दुई जना पनि टप ६ भित्र परेका छन् ।
टिम रिफर्मबाट उम्मेदवारी दिएका एक जना सदस्य मात्रै अहिलेसम्म टप ६ भित्र अटाएका छन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

