एनएमए निर्वाचन अपडेट : २६८६ भोट गणना, डा. मंगल-कालुको अग्रता कायमै

264
Shares

काठमाडौँ, २० बैशाख । नेपाल चिकित्सक संघ (एनएमए)को जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ । अघि बेलुका सवा ८ बजेसम्म कुल २ हजार ६८६ मत गणना भईसकेको छ ।

पछिल्लो परिणाम अनुसार अध्यक्ष पदमा डा मंगल रावल १२४३ मतका साथ अगाडी देखिएका छन् । दोस्रोमा डा बद्री रिजाल १११२ मतका साथ उनलाई पच्छ्याई रहेका छन् । तेस्रोमा डा नारायणप्रसाद भुसालले २९६ मत प्राप्त गरेका छन् ।

बरिष्ठ उपाध्यक्ष पदमा डा कीर्तिपाल सुवेदीलाई डा सञ्जीव तिवारीले उछिनेका छन् । डा तिवारीले १०३० मत प्राप्त गर्दा डा सुवेदी १००६ मतका साथ दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा डा अजयकुमार मिश्रको ४१९ मत आएको छ ।

यस्तै महासचिव पदमा डा कालुसिंह खत्रीले आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । डा खत्रीको ९९० मत आउँदा दोस्रो स्थानमा डा विश्वराज दवाडीको ८८२ मत आएको छ । तेस्रो स्थानमा डा अमृत भुसालको ५९६ मत आएको छ ।

प्रदेश उपाध्यक्ष तर्फ कोशीमा डा रोशन खड्का १०१९ मतका साथ अग्रस्थानमा छन् । डा टंकप्रसाद बाराकोटीले ८७६ मतका साथ उनलाई पच्छ्याएका छन् । मधेशमा १०६८ मतका साथ अमित रञ्जन मिश्र अगाडी छन् । उनलाई डा उदयनारायण सिंहले ८१५ मतका साथ पच्छ्याएका छन् ।

बागमतीमा ९४० मतका साथ डा सुवास भट्टराईको अग्रता छ । ७७६ मतका साथ डा अरुण शाही दोस्रोमा छन् ।

गण्डकीमा डा यज्ञराज सिग्देल ११७२ मतका साथ अगाडी छन् । डा नवराज लम्डारीले १०४२ मतका साथ उनलाई पच्छ्याएका छन् ।

यस्तै लुम्बिनीमा डा नन्दाकुमारी गुरुङ १०११ मतका साथ अग्रस्थानमा छिन् । डा सन्तोष पोखरेलले ९४२ मतका साथ उनलाई पच्छ्याई रहेका छन् । यसैगरी कर्णालीमा डा रविन खड्का ९८९ मतका साथ अग्रस्थानमा छन् । डा सरोज गिरीले ८६५ मतका साथ डा खड्कालाई पच्छ्याई रहेका छन् ।

यस्तै सुदूरपश्चिममा डा प्रमोद जोशीले ११९० मतका साथ अग्रता कायम गरेका छन् । डा निरज अर्यालले १०२५ मतका साथ उनलाई पच्छ्याएका छन् ।

कोषाध्यक्ष पदमा डा संयुक्ता आचार्य ११०६ मतका साथ अगाडी छन् । उनको प्रतिस्पर्धामा डा चाँदनी जैसवाल ७८३ मतका साथ दोस्रो स्थानमा छिन् ।

सह सचिव पदमा डा हुलास अग्रवाल १२६४ मतका साथ अगाडी छन् । उनको प्रतिस्पर्धामा डा राम जीवन प्रसाद ५९९ मतका साथ दोस्रो स्थानमा छन् । यस्तै सह कोषाध्यक्ष पदमा डा तेजसुसिंह मल्ल १०७७ मतका साथ पहिलो स्थानमा छन् । डा सुवास गुरुङले ९९१ मतका साथ उनलाई पच्छ्याई रहेका छन् ।

निर्वाचित हुने छ जना सदस्यहरुमा अहिलेसम्म डा अमित झा ११२७ मतका साथ पहिलो स्थानमा, डा सुस्मित काफ्ले ११०४ मतका साथ दोस्रो स्थानमा, डा हिमलाल भण्डारी १०२४ मतका साथ तेस्रो स्थानमा छन् ।

यस्तै डा अरुण उप्रेती १०१४ मतका साथ चौथो स्थानमा, डा शेषराज घिमिरे ९७७ मतका साथ पाँचौँ स्थानमा र डा पल्पसा श्रेष्ठ ८७९ मतका साथ छैटौँ स्थानमा छिन् । तर सातौँ स्थानमा रहेका डा राकेश शाह डा श्रेष्ठ भन्दा ४ भोटले पछाडी छन् । उनको ८७५ मत आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *