नेपाल चिकित्सक संघ निर्वाचन: मतगणना जारी, प्रारम्भिक गणनामा को अगाडी ?

काठमाडौँ, २० बैशाख । नेपाल चिकित्सक संघ २०८२- २०८५ कार्यकारिणी समितिको हिजो सम्पन्न निर्वाचनको आजबाट मतगणना सुरु भएको छ ।

विहानै देखि जारी मतगणनामा अहिलेसम्म ५९८ मत गणना हुँदा अध्यक्ष पदमा डा मंगल रावल ३०५ मतका साथ अग्रस्थानमा छन् ।

अध्यक्ष पदका अर्का उम्मेदवार डा बद्री रिजाल२३६ मतका साथ दोस्रो र डा नारायण भुसाल ५४ मतका साथ तेस्रो छन् ।

बरिष्ठ उपाध्यक्ष पदमा डा सञ्जीव तिवारी २५५ भोटका साथ अग्रस्थानमा छन् ।  दोस्रोमा २२३ मतका साथ डा कीर्तिपाल सुवेदी र ८८ मतका साथ डा अजयकुमार मिश्र तेस्रो स्थानमा छन् ।

महासचिव पदमा डा विश्वराज दवाडी २२८ मतका साथ अग्रस्थानमा, डा कालुसिंह खत्री २१२ मतका साथ दोस्रो र डा अमृत भुसाल १३८ मतका साथ तेस्रो स्थानमा छन् ।

बिस्तृत मत परिणाम तथा अपडेटका लागि यहाँ क्लिक गर्नुहोस्

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *