राष्ट्रपतिद्धारा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी सहित तीनवटा अध्यादेश जारी

काठमाडौँ, १९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन वटा अध्यादेश जारी गरेका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, ०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८३ जारी गरेका हुन् ।
संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले यसअघि सहकारी र खरिदसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए ।
सरकारले अन्य केही अध्यादेश पनि जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । त्यसमा संवैधानिक परिषद्सहितका अध्यादेश रहेका छन् ।
उक्त अध्यादेशबारे भने राष्ट्रपति पौडेलले अध्ययन गरिरहेको बताइएको छ ।
यसअघि उनले केही कानुनविद्हरूलाई शीतलनिवास बोलाएर अध्यादेशमाथि छलफल पनि गरेका थिए ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्वन्धी अध्यादेशले प्रतिष्ठानहरुको एकीकृत ढंगले अघि बढाउने बाटो खुलेको कतिपयको विश्लेषण आएको छ । यस्तै सार्वजनिक पदाधिकारीहरुको पदमुक्त सम्वन्धी अध्यादेशले यसअघि राजनीतिक नियुक्ती लिएकाहरुलाई पदमुक्त गर्ने बाटो खुलेको बताइएको छ ।
यद्धपी ती अध्ययादेशको पूर्णपाठ आईनसकेको कारण त्यस भित्र के के विषय परेका छन् अनुमान गर्न गाह्रो देखिएको छ ।

सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

