नेपाल चिकित्सक संघको निर्वाचन : बिहीबार विहान ८ बजे देखि मौन अवधी सुरु

काठमाडौँ, १६ बैशाख । नेपाल चिकित्सक संघ केन्द्रीय कार्यकारिणी समिति (२०८२-२०८५) को निर्वाचन अन्तर्गत आउँदो शुक्रबार र शनिबार काठमाडौँ उपत्यकामा हुने दोस्रो चरणको निर्वाचनको मौन अवधी भोलि बिहीबार विहान ८ बजे देखि सुरु हुने भएको छ ।
प्रमुख निर्वाचन अधिकृत डा प्रणयरत्न शाक्यले आज सूचना जारी गर्दै मौन अवधी सुरु हुन लागेको जानकारी दिएका हुन् ।
उनका अनुसार १७ बैशाख (बिहीबार) विहान ८ बजे देखि कुनै पनि उम्मेदवार वा मतदाता कसैले पनि व्यक्तिगत रुपमा वा सामाजिक सञ्जालमार्फत प्रचार प्रसार सम्वन्धी कुनै पनि कार्यहरु गर्न पाउने छैनन् । डा शाक्यले सूचनामा निर्वाचन सुरु हुनु भन्दा २४ घण्टा अघि देखि मौन अवधी सुरु हुने व्यवस्था रहेको समेत उल्लेख गरेका छन् ।
दुई दिनसम्म हुने उपत्यकाको मतदान शुक्रबार विहान ८ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा सुरु हुनेछ । मतदान हरेक दिन बेलुका ६ बजेसम्म चल्ने बताइएको छ ।
संघको निर्वाचन यसअघि पहिलो चरणमा काठमाडौँ उपत्यका बाहिरका २३ वटा मतदान केन्द्रमा गत ४ र ५ बैशाखमा सम्पन्न भईसकेको छ । उपत्यका बाहिर कुल ४ हजार २४४ मत खसेको छ ।
यसपटक निर्वाचनमा डा मंगल रावल, डा बद्री रिजाल र डा नारायण भुसालले छुट्टा छुट्टै टिम खडा गरी उम्मेद्वारी दिएका छन् ।
सम्पर्क इमेल : [email protected]






नेपाली हेल्थ 

