नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा बुद्धिमान शाक्य निर्विरोध निर्वाचित

पदाधिकारी तथा कार्यसमितिमा अरु को-को ?
28
Shares

काठमाडौँ, १२ बैशाख । नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा बुद्धिमान शाक्य निर्बिरोध निर्वाचित भएका छन् । शुक्रबार काठमाडौँमा सम्पन्न संघको ८ औँ अधिवेशनबाट शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

नयाँ कार्यसमितिमा निवर्तमान सुमन पाण्डे, बरिष्ठ उपाध्यक्षमा डा सुमन पौडेल, उपाध्यक्षमा विनोद अधिकारी निर्वाचित भएका छन् । यसैगरी संघको महासचिव पदमा पिताम्बर आचार्य निर्वाचित भएका छन् ।

यस्तै कोषाध्यक्षमा अर्जुन पौडेल, सचिव पदमा दिल्लीप्रसाद घिमिरे र सह कोषाध्यक्ष पदमा मीनप्रसाद ढकाल निर्वाचित भएका छन् । संघको सदस्यहरुमा सिद्धार्थ खण्डेलवाल, राजु अधिकारी, नारायण सापकोटा, मनिषकुमार झा र जीना पौडेल निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घान गर्न प्रतिनिधि सभा स्वास्थ्य शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सभापति डा. ओजस्वी शेरचन आएकी थिईन । सो क्रममा उनले आयुर्वेदिक औषधीको महत्वको चर्चा गर्दै उपत्पादन, बजारीकरण र प्ररर्वदनका लागि राज्यका तर्फबाट गर्नु पर्ने काम र सहयोगबारेमा एक आपसमा मिलेर अघि बढ्नु पर्ने बताईन ।

नयाँ कार्यसमिति निर्वाचित हुनु अघि भएको उद्घाटन सत्रमा अघिका सुमन पाण्डेको अध्यक्ष कार्यक्रमलाई औषधी व्यवस्था विभागका किरण सुन्दर बज्राचार्य, नेपाल औषधी उत्पादक संघका अध्यक्ष विप्लभ अधिकारी, नेपाल औषधी व्यवसायी संघका अध्यक्ष प्रकाश खण्डेलवाल लगायतले शुभकामना दिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *