आज देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदै

24
Shares

काठमाडौँ, ६ वैशाख : सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदै छ ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि भिटामिन ‘ए’ संगै जुकाको औषधी पनि खुवाउन थालिएको स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए ।

उनका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिव २२ लाख बालबालिकालाई खुवाइने छ ।

यस्तै आज र भोलि भिटामिन ‘ए’ संगै एक वर्षदेखि पाँच वर्ष मुनिका करिव २० लाख बालबालिकालाई जुकाको औषधी ‘अलबेन्डाजोल’ पनि खुवाउन थालिएको हो ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिव ५२ हजार महिला स्वास्थ्य स्वयम् सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ र जुकाको औषधी  स्थानीय तहले पायक पर्ने ठाउँमा खोप केन्द्र स्थापना गरि खुवाउने गर्दछन् ।

भिटामिन ‘ए’ले आँखाको ज्याति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको बृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्दछ ।

यस्तै जुकाको औषधीले पेटका किरा हटाउँछ र बालबालिकालालाई कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखाला जस्ता समस्याबाट बचाउँदछ ।

सरकारले भिटामिन ए कमिको रोकथाम तथा उपचारको लागि वि.स २०५० मा ८ जिल्ला बाट सुरु भएको राष्ट्रिय भिटामिन ए कार्यक्रम वि.स २०५९ सालदेखि देशभरि नै लागु गरिएको थियो ।

यस्तै जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालबाट १३ जिल्लाबाट शुरु गरिएको जुकाको औषधी  खुवाउने कार्यक्रम २०६७ बाट सवै जिल्लामा लागु गरिएको छ ।

सरकारले प्रत्येक आर्थिक बर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधी बालबालिकालाई निःशुल्क खुवाउँदै आएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *