चौध हजार बालबालिकाको जन्मजात मुटु रोग परीक्षण गर्दै काठमाडौँ महानगर

12
Shares

काठमाडौँ, २४ चैत । काठमाडौँ महानगरपालिकाले १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्ने भएको छ ।

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागका अनुसार नसर्ने रोगबाट जनस्वास्थ्यमा पर्ने क्षति कम गराउनका लागि कामपाले जन्मजात मुटु रोग परीक्षण गर्ने तयारी गरेको हो ।

विभागका प्रमुख दीपक केसीका अनुसार विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु रोग तथा बाथ मुटु रोगको परीक्षण (आरएचडी-सिएचडी स्क्रीनिङ) गराउने भएको छ ।

४१ वटा सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन हुने प्रमुख केसीले जानकारी दिनुभयो । यससँगै ३२ वडाका १५ ठाउँमा महिला मुटुरोग सचेतना कार्यक्रम (गो रेड फर वुमेन) सञ्चालन गरिने छ ।

कामपाको स्वास्थ्य विभागले नेपाल हृदय रोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्न लागेको पनि जानकारी दिएको छ ।

“बालबालिकामा हुने यो समस्या समयमा पत्ता लगाउन सकियो भने सरल उपचार विधिबाट स्वस्थ्य जीवन बनाउन सकिन्छ । समय बितेपछि समस्या पत्ता लाग्यो भने महङ्गो उपचारले पारिवारिक अवस्थालाई खराब बनाउँछ ।यसकारण हामीले बालबालिकाको मुटु बाथको परीक्षण कार्यक्रम गरेका हौँ,” स्वास्थ्य विभागका प्रमुख केसी भन्नुहुन्छ, “यो परीक्षणबाट प्राप्त हुने तथ्याङ्कका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने छौँ ।”

कामपाले थालेको यो कामले धेरै परिवारमा प्रत्यक्ष लाभ हुने छ । भविष्यका कर्णधारहरूको जीवन बचाउन कामपाले पुण्यको काम गरेको छ । प्रतिष्ठानका सभापति महेनमोहन श्रेष्ठको प्रतिक्रिया छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *