मेडिकल काउन्सिलद्धारा २०८३ सालमा लिईने लाइसेन्स परीक्षा तालिका सार्वजनिक

काठमाडौँ, २४ चैत । नेपाल मेडिकल काउन्सिलले २०८३ सालमा लिईने लाइसेन्स परीक्षाको बार्षिक तालिका सार्वजनिक गरेको छ ।

काउन्सिलले स्नातक तहको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा र स्नातकोत्तर तहको विशेष परीक्षा (स्पेशल एक्जामिनेसन)को छुट्टा छ्ट्टै मिति सार्वजनिक गरेको हो ।

काउन्सिलका अनुसार लाइसेन्स परीक्षा जेठ ( १२, १३ र १४ गते), असोजमा (४, ५ र ६ गते) र माघ महिनामा (१३, १४ र १५ गते) लिईने छ ।

यस्तै विशेष परीक्षा साउन (७ र ८ गते), मंसिर (१६ र १७ गते) र चैत महिनाको १८ र १९ गते लिईने उल्लेख छ ।

काउन्सिलले अवको परीक्षाका लागि सन् २०२० को सेप्टेम्बर पछि नेपाल बाहिर चिकित्साशास्त्रको स्नातक तथा स्नातकोत्तर गरेका विद्यार्थीहरुको हकमा आफूले प्राप्त गरेको शैक्षिक उपाधिको आधिकारिक समकक्षता फारम भर्दाको बखत सम्लग्न गर्नु पर्ने बताएको छ ।

साथै विदेशमा अध्ययनका लागि प्रस्थान गरेको मिति देखि अध्ययन् सम्पन्न गरी फर्किएको मितिसम्मको अध्यागमन विभागबाट जारी आगमन तथा प्रस्थान (भारत बाहेक) सम्वन्धी पूर्ण विवरणयुक्त आधिकारिक पत्रसमेत अनिवार्य कागजातको रुपमा पेश गर्नु पर्ने भनेको छ ।

यी कागजात पेश हुन नसके परीक्षामा सहभागी नगराइने समेत काउन्सिलले स्पष्ट पारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *