केपी ओलीका पिता मोहनप्रसादको आँखा दान

156
Shares

काठमाडौं, २९ फागुन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको आँखा दान गरिएको छ। सन्तानब्बे बर्षीय मोहनप्रसादको आज विहान भक्तपुरस्थित नेपाल कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

निधनपछि उनको इच्छाअनुसार आँखा दान गरिएको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।

पशुपति आर्यघाटमा उनको अन्तिम दागवत्ती दिनु अघि तिलगङ्गा आँखा अस्पतालको आँखा बैंकबाट खटिएका प्राविधिकहरुले उनको आँखाको नानी झिकेका थिए ।

तिलगंगा आँखा केन्द्रका डा मोहनकृष्ण श्रेष्ठका अनुसार आँखामा कुनै रोग नलागेको र सर्जरी नगरेको अवस्थामा आँखाको नानी स्वस्थ हुने र त्यो प्रत्यारोपण गर्न सकिने बताए ।

बयोबृद्ध मोहनप्रसादको आँखा पनि स्वस्थ भएर नै प्रत्यारोपणका दान गरिएको उनले आँकलन गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *