विश्व मिर्गौला दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रद्वारा ‘मिर्गौला पद यात्रा’
स्वास्थ्य मन्त्री डा गौतमले भनिन्, 'जग्गाको लागि पहल भईरहेको छ'
काठमाडौँ, २८ फागुन । विश्व मिर्गौला दिवसको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले आज मिर्गौला पद यात्राको आयोजना गरेको छ ।
धिमे बाजा, ब्यानर र प्ले कार्ड समेतको पदयात्रा केन्द्रबाट शुरु भइ नपुखु हुँदै भक्तपुर दरवार स्क्वायर – साकोठा – टौमडी – पोटरी स्क्वायर – नासमना – बंशगोपाल – तेखापुखु – भार्वाचो – भक्तपुर मिनि बस पार्क हुँदै पुनः शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आई सम्पन्न भएको थियो ।

त्यसपछि भएको औपचारिक कार्यक्रममा भने स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमको सहभागिता थियो ।
मानब अंग प्रत्यारोपण विकास समतिकिा अध्यक्ष डा केशर बहादुर ढकालको अध्यक्षतामा भएको कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी, भक्तपुर क्यान्सर अस्पतालका निर्देशक, भक्तपुर अस्पतालका निर्देशक लगायत जिल्ला उच्च तहका सरकारी अधिकारीको सहभागिता थियो ।
कार्यक्रममा सम्वोधन गर्ने क्रममा मन्त्री डा गौतमले आफू स्वास्थ्य सचिव हुँदा प्रत्यारोपण केन्द्रको परिकल्पना बताईन । उनले केन्द्रले दिएको सेवा उत्कृष्ठ रहेको भन्दै आफ्नै भवनका लागि जग्गा उपलव्ध गराउन पहल भइरहेको बताईन ।

मानब अंग प्रत्यारोपण विकास समतिकिा अध्यक्ष डा केशर बहादुर ढकालले यस केन्द्रलाई विशिष्टीकृत केन्द्रको रुपमा विस्तार गरी सेन्टर अफ एक्सिलेन्सको रुपमा विस्तार गर्न आफुले सक्दो सहयोग गर्ने बताए ।
केन्द्रका कार्यकारी निर्देशक डा कल्पना कुमारी श्रेष्ठले मिर्गौला उपचारको क्षेत्रमा यो केन्द्र देशकै नमुना केन्द्रको रुपमा स्थापित भई भएको बताईन । उनले हालसम्म १५८६ जनाको मिर्र्गाैला ३६ जनाको कलेजो र दैनिक १५० को हाराहारीमा डाइलाइसिस सेवा उपलब्ध हुने गरेको कुरा जानकारी दिईन ।
उनले अहिलेको भवन साँघुरो भएको कारण केन्द्रको सेवा विस्तार गर्न नसिकएको भन्दै उचित स्थानमा जग्गा उपलब्ध गराउन अनुरोध समेत गरेकी थिईन ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ